रुकुम पूर्वमा तेस्राे पटक हिमपात

रुकुम पूर्व – हिमाली जिल्ला रुकुम पूर्वकाे उपल्लो भु-भागमा गए रातिदेखि  हिमपात परिरहेको छ । हिमपातले चिसाे धेरै बढेर जनजीवन कष्टकर भएको छ । हिमपातसँँगै दैनिक जिवनका कामकाज ठप्प भएका छन ।

यस वर्ष लामो समय खडेरी रहे पनि यो सँगै तीन पटक हिमपात हुँदा कृषककाे मुहारमा भने खुसीयाली छाएकाे छ । तल्लो भुभाग बाहेक जिल्लाका अधिकांश हिमाली भेगमा हिउँ परिरहेकाे छ ।

असोज, कार्तिक महिनामा बिउ छरेर जेठ महिनामा भित्र्याउने हिउँदेबाली राम्रो हुने भएपछि कृषकहरूकाे मुहारमा खुसी छाएकाे छ ।

हिमपातले उत्तर पुर्ब पुथा उत्तरगङ्गा, भुमे र सिस्ने गाउँपालिकाका उत्तरी भेगका पहाडी ठुम्कामा हिउँ सेतामै भएको छ । हिउँ सँगै परेको वर्षादले सडक संजाल अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।

अघिल्लो पटकको हिमपातले सवारीसाधन नरोकिए पनि यो हिमपातले सवारीसाधन ठप्प भएर आवतजावत समस्या भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.