जग्गा हडपेको आरोपमा व्यवसायी चौधरी र थापा पक्राउ
काठमाडाै- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हडपेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
व्यापारी अरूण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई प्रहरीले पक्राउ गरेको हो।
कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि थापालाई काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरिएकाे हाे ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरि वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम गरेको आरोप छ।
जग्गाका मुख्य शेयर धनी चौधरी र थापालाई पक्राउ गरेपश्चात अन्यमाथि पनि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।।
प्रतिक्रिया राख्नुहोस्