अब माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँः शशाङ्क कोइराला
नवलपुर- नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताउनु भएको छ । नवलपरासी पूर्वको कावासोतीमा नेत्रप्रसाद भूसालको स्मृतिमा नेपाल प्रेस यूनियनद्धारा स्थापित पुरस्कार घोषणा कार्यक्रममा नेता कोइरालाले सो कुरा बताउनु भएको हो ।
काँग्रेस केन्द्रिय सदस्य कोइरालाले सहमतिअनुसार अबको प्रधानमन्त्री माधवकुमार नेपाललाई बनाउनुपर्ने उहाँको भनाइ छ । वर्तमान सरकारले जनचाहाना अनुसारको काम गर्न नसकेकाले नयाँ परिवर्तन आश्यक भएको नेता कोइरालाले आरोप लगाउनु भयो ।
“प्रधानमन्त्री ज्यूले नै भनिसक्नु भएको छ कि उहाँ मन्त्रीहरूसँग सन्तुष्ट हुनुहुन्न, सरकारले किन गति लिएन त्यो त प्रधानमन्त्रीले जान्नुपर्यो, स्पष्ट भिजन र शैली नभएको भएर समस्या देखिएको हो”, कोइरालाले भन्नुभयो ।
नेपाली काँग्रेसको अब हुने महासमिति भेलामा धर्म र सङ्घीयताको विषयमा सहभागिताको संयुक्त हस्ताक्षरसहित मागपत्र पेश गर्ने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्