जलवायु परिवर्तनको असर: सुख्खा हुदै नेपालका सिमसार क्षेत्रहरु

काठमाडौँ- पछिल्लो समय जलवायु परिवर्तनका कारण सिमसार क्षेत्रलाई समयमै संरक्षण गर्नु पर्ने धारणा त्यस क्षेत्रका विज्ञहरुले राखेका छन् ।

शुक्रवार विश्व सिमसार दिवसको अवसरमा वन तथा भू संरक्षण विभाग र राष्ट्रिय निकुन्ज तथा संरक्षण विभागले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय सिमसार गोष्ठीका सहभागीहरुले नेपालका अधिकांश सिमसार क्षेत्रहरु सुख्खा हुदै गईरहेका कारण सरकारले समयमै ध्यान पुरयाउनु पर्ने धारणा राखेका छन् ।

सिमसार क्षेत्र सुख्खा हुदै जानुका प्रमुख कारणहरु बन फडानी, बस्ती, विस्तार, पूर्वाधार निर्माण लगायत रहेका छन् । कार्यक्रमका सन्दर्भमा वन तथा वातावरण मन्त्री बिरेन्द्र प्रसाद महतोको भनाई छ । पानी सबै क्षेत्रमा जोडिएको विषय भएका कारण  सिमसार क्षेत्रहरुको संरक्षण गर्ने दायित्व सरकारको हो ।

कार्यक्रममा सहभागी सम्बन्धीत विज्ञहरुले नेपालका सिमसार क्षेत्रको संरक्षण गरी पर्यावरणलाई सन्तुलित र मानवमैत्री बनाई राख्न जरुरी छ ।

तथ्यांक अनुसार नेपालमा हाल  १ सय ६३ तराईमा र हिमाल र पहाडगरी ७९ सिमसार क्षेत्र रहेका छन् । सिमसार क्षेत्रले नेपालको ६० हजार ५ सय ६१ हेक्टर कुल क्षेत्रफल ओगटेको छ । नेपाल सन् १९८८ देखि सिमसार क्षेत्र संरक्षण गर्ने रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो ।  रामसार सूचीमा नेपालमा कोशी टापू, घोडाघोडी क्षेत्र, रारा ताल, फोक्सुन्डो ताल, गोसाईकुण्ड लगायत विभिन्न तलिय क्षेत्रहरु सुतिकृत भएका छन् ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.