एमाले अध्यक्ष ओलीद्वारा दश मेगावाट क्षमताको सौर्य उर्जा उद्घाटन

झापा- झापाको शिवसताक्षी नगरपालिकामा आज एक कार्यक्रमबीच दश मेगावाट क्षमताको सौर्य उर्जा औपचारिकरुपमा उद्घाटन भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उर्जाको उद्घाटन गर्नु भएको छ ।

सौर्य उर्जाको उद्घाटन गर्दै नेकपा एमाले पार्टीका अध्यक्ष ओलीले यूवा जनशक्ति रोक्न आफ्नै देशमा काम लगाउने र देशमा उद्ययशीलताको विकास गर्न सरकारले प्रेरित गर्नु पर्ने बताउनुभयो ।

देशको जनसंख्याको ४० प्रतिशत युवा मध्ये आधा विदेशमा रहेकाले नेपालमै विकास गर्न यस्ता उर्जाको विकासमा सवै मिलेर जोड दिनु पर्ने उहाँले बताउनुभयो ।

झापा इनर्जी लिमिटेड कम्पनिले माछापुच्छ्रे र सिभिल वैंकको ७५ प्रतिशत र अन्य सेयर सदस्यबाट गरी ८५ करोड लगानीमा उर्जा संचालन ल्याएको छ ।

साढे २१ विगाह क्षेत्रमा राखिएको सौर्य प्यानलबाट संकलन गरेर उत्पादन भएको दश मेगावट विद्युत मुख्य लाइनमा जडान भइ विक्री समेत गर्न थालिएको लिमिटेडका अध्यक्ष सो क्षेत्रका प्रतिनिधिसभा सदस्य एलपी साँवाले बताउनुभयो ।

साँवाले बार्षिक १२ करोड ८५ लाख आम्दानी दिने गरी उर्जा संचालनमा ल्याइसकेको बताउनु भयो । कार्याक्रममा पूर्व मन्त्री तथा सांसदहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.