नेपाल स्काउटको निर्वाचन नरोक्न सर्वोच्चको आदेश

काठमाडौँ – नेपाल स्काउटको निर्वाचन प्रक्रिया स्थगित नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सरकारको नाममा निर्वाचन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

माघ ८ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको भएपनि युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनपछि तदर्थ समितिका अध्यक्ष रहेका लोक बहादुर भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गर्दै निर्वाचन प्रक्रियालाई अवरोध नगर्न अन्तरिम आदेशको माग गर्दै रिट जारी गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.