फागुन भित्रै पुस्तक छपाइको काम सकिने,१ करोड २५ लाख पुस्तक छापियो

हिमाली जिल्लाहरुमा पुस्तक ढुवानी जारी

काठमाण्डौँ –आगामी शैक्षिक सत्रका लागि सामुदायकीक विद्यालयका लागि एक करोड पचहत्तर लाख थान किताब छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड पच्चीस लाख थान पुस्तकको छपाइ सम्पन्न गरेको छ।  बाँकी ५० लाख किताबहरु फागुनभित्रै छापाइ सक्ने केन्द्रले जनाएको छ ।

सामुदायिक विद्यालयका लागि आवश्यक कक्षा ५ देखि १० सम्मको १ करोड ७५ लाख किताब छाप्ने जिम्मा केन्द्रलाई दिएको छ ।

केन्द्रले हिजोआज हप्ताको सातै दिन २४ सै घण्टा किताब छापिरहेको केन्द्रका कार्यकारी निर्देशक अनिल कुमार झाले जानकारी दिनुभयो ।

पाठ्यपुस्तक छपाइसँगै केन्द्रले ढुवानीको काम पनि गरिरहेको छ । हालसम्ममा जनकपुर, भरतपुर, वुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी लगायत ठाउँका डिपोमा आगामी शैक्षिक सत्रका लागी आवश्यक पर्ने किताव ढुवानी गरिसकिएको केन्द्रले जनाएको छ ।

हिमाली जिल्लाहरुलाई प्राथमिकतामा राखेर ढुवानीको काम भएको कार्यकारी निर्देशक झाको भनाइ छ ।

शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडी नै विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउनका लागि गतसाल पनि प्रधानमन्त्री कार्यालयले विशेष सकृयता देखाएको थियो ।

प्रधानमन्त्री स्वयंले विशेष चासो दिएपछि चालु शैक्षिक सत्रमा देशभरिका सबै विद्यार्थीहरुले पहिलोपटक निर्धारित समयमै पाठ्यपुस्तक पाएका थिए । किताब छपाई र ढुवानीका अतिरिक्त केन्द्रले सुरक्षण मुद्रणसँग सम्बन्धित कागजपत्रहरु पनि छापिरहेको छ ।

सुरक्षण मुद्रण गर्नुपर्ने प्रश्नपत्र, हुलाक टिकट लगाएतका सामग्रीहरुको छपाइ गर्दा पाठ्यपुस्तक छाप्ने कामलाई प्रभावित हुन नदिइएको पनि केन्द्रले जानकारी दिएको छ । १ कक्षा देखि ४ कक्षा सम्मका विद्यार्थीका लागि चाहिने पुस्तक चाँही निजी क्षेत्रले छाप्ने गरेको  छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.