टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोशी सहित २४९ जनाविरुद्ध भ्रष्ट्राचारको मुद्दा

 काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरमा सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै २४९ जनाविरुद्ध  मुद्दा दायर गरेको छ ।

आयोगले आज विशेष अदालतमा टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रपसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीहरुको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्त लगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको भन्ने उजरी आयोगमा परेको थियो ।

अनुसन्धान क्रममा टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ/संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनु पर्नेमा सो नगरी  नगर विकास समितिका पदाधिकारी तथा कर्मचारीहरु समेतको संलग्नतामा तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरुसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साविकको टीकापुर विकास समितिको नामका नक्कली कागजातहरु खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको पाइएको अख्तियारको ठहर गर्दै उनिहरु विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

 आयोगका अनुसार समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्नेहरुको सूची यस्तो छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.