सर्वोच्चले भन्यो ‘तत्काल डा. बसौलालाई पदमुक्त नगर्नू’
काठमाडौँ- सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले यही माघ ९ गते डा बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वनय नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक डा बसौलाले आफूलाई कानुनविपरीत सरकारले हटाउने निर्णय गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवदेन दायर गर्नुभएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई हटाउन गत २४ पुस गने मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
सर्वोच्च अदालतले गत पुस ५ गते डा बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तिरिम आदेश जारी गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्