माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक काठमाडौँमा शुरु

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक राष्ट्रिय सभा गृहमा सुरु भएको छ ।

पार्टीको फागुन पहिलो साता सम्पन्न हुने विधान सम्मेलनको तयारी र चार महिने माओवादी रुपान्तरण अभियानको समीक्षालगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठक ११ बजेदेखि बस्ने भनिए पनि एक घण्टा ढिलो गरी सुरु भएको हो ।

विधान सम्मेलनको तयारीका लागि केन्द्रीय समिति बैठक बस्ने भए पनि उपाध्यक्ष पम्पा भुसाल नेतृत्वको समितिले तयार पारेको मस्यौदामा भने छलफल नहुने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार र शनिबार बसेको स्थायी समिति बैठकमा नै विधान मस्यौदालाई केन्द्रीय समितिको एजेन्डा नबनाउने जानकारी गराइ सक्नु भएको छ ।

माओवादीको केन्द्रीय समिति बैठक  भोलि (सोमबार)सम्म बस्ने छ । पर्सिदेखि तीन दिनसम्म माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौँमा हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.