दुर्घटना न्यूनीकरणकालागि रसुवामा ट्राफिक सप्ताह कार्यक्रम

रसुवा – दुर्घटना न्यूनीकरणका लागि ‘‘ट्राफिक नियमको पालना गरौँ, सवारी दुर्घटना हुनबाट आफु पनि बचौँ र अरूलाई पनि बचाऔँ‘ भन्ने नाराका साथ माघ २५ गते देखि शु्रु भएको ‘ट्राफिक सप्ताह’ कार्यक्रम समापन भएको छ ।

रसुवाको सदरमुकाम धुन्चे स्थित संखपार्कमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवा द्वारा आयोजित एक कार्यक्रमका बीच साताव्यपी कार्यक्रमलाई समापन गरिएको हो ।
साताव्यपी कार्यक्रम अन्तर्गत जिल्लामा सवारी चलाउनु पूर्व सवारीको यान्त्रिक अवस्था चेकजाँच, लेन अनुशासनको पालना,सवारी साधनको सिट क्षमता भन्दा बढी यात्री नराखौँ, हेलमेटको फित्ता तथा सिट बेल्ट राम्रो सँग बाँधौँ, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ हतार, मानसिक तनाव, थकान, चिन्ता र अत्यन्त खुशीमा सवारी नचलाऔँ, मादकपदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ भन्ने नारा, वानर र प्लेकार्ड सहित राजमार्ग सहित ग्रमिण सडकमाका विभिन्न भागमा सचेतनामूलक ट्राफिक सप्ताह सम्पन्न गरेको हो ।

जिल्लामा यस अर्थिक बर्षमा १४ वटा सवारी साधन दुर्घटना भएको छ भने तीन जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय रसुवाले जनाएको छ । यसै गरि यस आर्थिक बर्षमा तीन हजार एक सय वटा सवारी साधन कारबाहिमा परेका छन जस बाट एक तीस लाख नौ हजार पाँच सय राजश्व जम्म गरिएको बताईएको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले, ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रममा स्थानीय समाज सेवी, बुद्धिजीवी, सवारी चालक, परिचालक, तथा सवारी धनी र स्थानीयहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो ।
सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई काम गर्न तथा यहीमाघ २५ गते देखि फागुन २ गतेसम्म विभिन्न ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.