बजेट परिचालनमा संघकै शैली,सात महिनामा २१ प्रतिशत खर्च

दाङ लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो सात महिनाको अबधिमा कुल बजेटको २० दशमलव ७८ प्रतिशत मात्र रकम खर्च गरेको छ ।

प्रदेश सरकार अन्तर्गतका मन्त्रालय, प्रदेश सभा, लोकसेवा आयोग र प्रदेश योजना अयोगको गरि करिब २१ प्रतिसत रकम खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको माघ मसान्तसम्मको खर्च विवरण अनुसार वितेको सात महिनाको अबधिमा दश वटा मन्त्रालयको मात्रै २२ दशमलव ९४ प्रतिसत रकम खर्च भएको छ । जस्मा पुजीगत खर्च १७ दशमलव ३५ प्रतिसत रहेको छ ।

सात महिनाको अबधीमा सबै भन्दा बढि पुजीगत खर्च गर्ने मन्त्रालय स्वास्थ्य मन्त्रालय रहेको छ । स्वास्थ्य मन्त्रालयले सात महिनाको अबधीमा ४२ दशमलव ७८ प्रतिसत पुँजीगत बजेट खर्च गरेको छ भने सबै भन्दा कम मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको पुजीगत खर्च सून्य दशमलव २७ प्रतिसत रहेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

विकासे मन्त्रालयको रुपमा चिनिने भौतिक पूर्वाधार मन्त्रालयको १६ दशमलव ७६ प्रतिशत मात्र पुजिगत बजेट खर्च भएको छ ।

अर्थ मन्त्रालयले भने ९ प्रतिसत पुजिगत बजेट खर्च गरेको छ । यो अवधीमा स्थानीय तह वित्त हस्तान्तरणमा ३२ दशमलव ८६ प्रतिशत रकम पठाइएको लुम्बिनी प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.