कपिलवस्तुमा बस दुर्घटना, १० को मृत्यु, २७ जना घाइते

दाङ- कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन । बसमा ३७ जना सवार रहेका थिए ।

महेन्द्रनगरबाट काठामाण्डौ जादै गरेको सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको यात्रु बस शिवराज नगरपालिका -१ स्थित सुरइ खोलामा गएराती ११:३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी डिएसपी हरि बहादुर वलीले जानकारी दिनुभयो ।

बस सडकबाट एक सय मिटर तल खोलामा खसेको छ । मृतकहरुको सनाखत भएको छैन । प्रहरीले सनाखतको प्रयास गरिरहेको छ ।

घाइते हुनेमा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्की, बस चालक कन्चनपुर भिमदत्त न.पा. ४ वस्ने वर्ष ४० का पुर्ण व. चन्द, कैलाली वेलडाडी न.पा- १ वस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गा.पा.-२ का वर्ष २३ का शुशिल कुँवर, गुल्मी मालिका गा.पा. -७ बस्ने वर्ष २९ को अर्जुन कार्की, कन्चनपुर भिमद्त्त न.पा.-१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी, सहचालक कन्चनपुर महेन्द्रनगर न.पा.- १८ वस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेनौलि न.पा. -१ बस्ने बर्ष २२ को राजेश दयाल, कन्चनपुर महेन्द्र नगर नगरपालिका– १ बस्ने बर्ष १८ को नितेश सुनार रहेका छन् ।

त्यस्तै गोरखा शहिद लखन गा.पा. -७ वस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर न.पा.-३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट, कन्चनपुर भिमदत्त न.पा. १४ वस्ने वर्ष ३३ की गिता कुँवर निजको छोरा बर्ष १२ को नबिन कुँवर, ओखलढुङ्गा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कन्चन्पुर शुक्ला फाटा न.पा. ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठ्माण्डौ माहानगर पालिका- ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकारको अहिले आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कन्चनपुर भिमदत्त न.पा. १६ वस्ने वर्ष ५४ की नारायणी थापा सोही ठाउँ बस्ने १८ वस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा न.पा.-१ वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भिमदत्त न.पा.-१८ वस्ने वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गा.पा. ४ वस्ने वर्ष ३२ को गणेश काफ्ले, उनको श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनकी छोरी वर्ष ३ कि श्रीष्टि काफ्ले, भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन, सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गा.पा.-२ वस्ने वर्ष २५ को कृष्ण नेपाली, कन्चनपुर भिमदत्त न.पा. १९ बस्ने बर्ष २० को सुमन विष्ट, कन्चनपुर भिमदत्त न.पा. – १ वस्ने वर्ष २० को मनोज सिह धामि सोही ठाउँ बस्ने वर्ष २० को अशोक सिंह, कन्चनपुर भिमदत्त न.पा. ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उक्त बस सुनौलो यतायात प्रा.लि.को हो । दुर्घटना भएको खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले घटनास्थलवाट समयमै उद्वार गरि घाइतेहरुलाई अस्पताल पुर्‍याएको डिएसपी वलिले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.