बजेट कटौती हैन समीक्षा गरिएको हो : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उहाँले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पानुभएको हो ।
मन्त्री डा महतले समाचारले जनतामा द्विविधा उत्पन्न हुने बताउँदै मन्त्रालयले बजेटको अर्धवार्षिक मूल्याङ्कन मात्रै गरेको स्पष्ट पार्नुभयो । बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब बजेट कम गरिएको भन्ने समाचार केही दिन अघि सार्वजनिक भएको थियो ।
साथै उहाँले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएको समेत जानकारी गराउनुभयो । मन्त्री डा महतले नियमसम्मत बढी राजस्व उठाउने र खर्च गरिने उल्लेख गर्दै उठेको राजस्वको आधारमा आय र व्ययको आकलन मात्रै गरिएको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्