नवलपुरमा बाघ मृत अवस्थामा फेला

नवलपुर- पूर्वी नवलपरासीमा भाले प्रजातिको बाघ मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका १० अरुणखोला नजिकै भूपु तमासपुर जाने बाटो नजिकै वनमा बाघ मृत फेला परेको हो ।

डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले उक्त बाघ कालगतिले मरेको हुनसक्ने बताउनुभएको छ । उहाँका अनुसार १०-१५ दिन अगाडी नै उक्त बाघ मरेको हो । बाघ सडिगलिसकेको अवस्थामा फेला परेको सापकोटाले बताउनुभयो ।

स्थानीयका अनुसार उक्त स्थानमा स्थानीयले ८-१० दिन अघि उक्त बाघ देखे पनि सुतेर बसेको आशंकामा बाघलाई छाडेका थिए । अहिले जंगल जाँदा बाघ सडिसकेको अवस्थामा भेटेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए ।

प्रहरी र वनका कर्मचारीले सो बाघ नरभक्षी भए नभएको यकिन नभएको बताएका छन् । सो बाघ भाले बाघ रहेको र १२-१५ बर्ष उमेरको भएको अनुमान गरिएको छ । बाघ भेटिएको क्षेत्र वरपर यस अघि बाघले मानिस र घर पालुवा जनवारलाई आक्रमण गरी खाने गरेको स्थानियले बताएका छन् ।

बाघलाई स्थानीय बासिन्दा, प्रहरी र वन कर्मचारीको रोहबरमा मुचुल्का तयार पारी घटनास्थल छेउमै गाडिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.