आइसिसी लिग–२ : नेदरल्याण्ड्सविरूद्ध नेपाल बलिङ गर्दै

काठमाडौँ- आइसिसी लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्सविरूद्ध बलिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो ।

नेदरल्याण्ड्सले केहीबेर अघिसम्म १८ ओभरमा तीन विकेट गुमाएर ६१ रन बनाएको छ । नेदरल्याण्ड्सका माइकल लेभिट, म्याक्स ओडाउड र स्याब्राण्ड ऐङ्गेलबे्रेक्ट पवेलियन फर्केका छन् । लेभिटलाई सोमपाल कामीले आउट गरे । उनले तीन बलको सामना गरेपनि रन भने बनाउन सकेनन् । यस्तै ओडाउडले २१ बलमा १० रन बनाए । उनी रन आउट भए । यसैगरी ऐङ्गेलबे्रेक्ट ३५ बल खेल्दै २३ रनमा आउट भएका छन् । उनलाई ललितनारायण राजवंशीले आउट गरेका हुन् ।

नेदरल्याण्ड्विरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीलाई नेपाली टोलीमा समावेश गरिएको छ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिलकुमार साह, भीम सार्की, गुल्सन झा, सोमपाल कामी, ललितनारायण राजवंशी र देव खनाल रहेका छन् । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.