पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि दवाव

पोखरा- पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्ने भन्दै दवाव दिइएको छ । राष्ट्रिय एकता अभियान पोखराको आयोजना तथा स्वतन्त्र प्रत्रकार संघ नेपाल कास्की शाखाको सहकार्यमा आइतवार पृथ्वीचोकमा सार्वजनिक बहस गर्दै उडानका लागि दवाव दिइएको हो ।

बहसमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने, विमानस्थल निर्माणमा भष्टाचार छ भने छानविन गर्नुपर्ने तथा चिन सरकारको बीआरआई ऋणलाई अनुदानमा परिणत गर्न नेपाल सरकारले कुटनीतिक पहल गर्नुपर्ने लगायत माग गरिएको छ ।

बहसमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, अग्रज संचारकर्मी युगनाथ शर्मा पौडेल, पर्यटनविद् बासुदेव त्रिपाठी, सामाजिक अभियान्ता कुमार राना, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, राष्ट्रिय एकता अभियानका संयोजक विनय यादव, स्वतन्त्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष असफल गौतम लगायत नागरिकहरुले शीध्र पूर्ण क्षमतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनुपर्ने धारणा राख्नुभयो ।

उहाँहरुले भारत र चिनको कुटनीतिक द्वन्दमा पोखरा विमानस्थल परेको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । हालसम्मका गतिविधिले अन्तर्राष्ट्रिय विमानस्थल अन्तरप्रदेश विमानस्थल जस्तो बन्दै गएको छ, यो एयरपोर्ट हेरेर पोखरा आसपास नीजि क्षेत्रबाट झण्डै ६ खरब लगानी भएको छ, हिजो विमानस्थल निर्माणमा दवाव दिएजस्तै आज संचालन गराउन पनि दवाव सिर्जना गर्नुपर्ने अवस्था आउनु पक्कै पनि लज्जाबोध होः उहाँहरुले भन्नुभयो ।

विमानस्थल संचालनका लागि अन्तर्राष्ट्रिय क्षेत्र लगायत हवाई कम्पनीसँग सकारात्मक सन्देश लैजान, विमानस्थल निर्माणको खर्चबारे स्वयत्पत्र जारी गर्न, संचालनमा आउन नसक्नुका प्राविधिक कारणहरु खोतली समाधान गर्न नागरिकहरुले सरकारलाई सुझाव दिनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गत वर्ष पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । त्यहाँ हालसम्म चिन तथा भुटानबाट केही चार्टर्ड उडान मात्रै भएका छन् भने नियमित दिवा तथा रात्रीकालिन आन्तरिक उडान हुने गरेको छ । नियमित अन्तर्राष्ट्रिय उडानको अझै पनि टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.