लोकाहा खोला किनारमा पाँचवटा गिद्ध मृत फेला

नवलपुर- पुर्वि नवलपरासीको नवलपुर कावासोती-११ को लोकाहा खोला किनारमा पाँचवटा गिद्ध मृत फेला परेका छ्न ।
चारवटा डङ्गर प्रजाती र एउटा हिमाली प्रजातीको गिद्ध मृत फेला परेको छ भने एउटा सुन गिद्ध र ६ वटा डंङ्गर प्रजातीको गिद्ध बिरामी अवस्थामा फेला परेका छन् । बिरामी मध्ये एउटा डङ्गर गिद्धको अवस्था गम्भीर रहेको छ ।
मरेको स्यालको सिनो खाएर गिद्ध मरेका हुन् । गिद्ध मरेको स्थानमा दुईवटा मरेको स्यालको सिनो समेत फेला परेको छ । विषादीयुक्त खाना खाएर मरेको स्यालको सिनो खाएर गिद्ध मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जटायु रेष्टुरेन्टका अध्यक्ष डिबि चौधरीले बताउनभयो ।
लोकाहा खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेष्टुरेन्टमा खबर गरेका थिए । मरेका गिद्धको मंगलबार पोस्टमार्टम गरिने तथा बिरामी गिद्धलाई घटनास्थलमा प्राथमिक उपचार पछि जटायु रेष्टुरेन्ट लगेर उपचार गरिने अध्यक्ष चौधरीले बताउनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्