राष्ट्रिय गौरव योजनाको किमाथांका-विराटनगर सडकको काम एक वर्षदेखि ठप्प

संखुवासभा- सरकारले उच्च प्राथमिकतामा राखेको राष्ट्रिय गौरवको किमाथांका-विराटनगर सडकको काम एक वर्षदेखि ठप्प छ । संखुवासभाको भोटखोला गाउँपालिकाको च्याम्ताङबाट घोङघोप्पा खण्डको १४ किलोमिटर चट्टानी भाग नेपाली सेनाले ट्रयाक खोल्ने भएपनि काम भने अझै सुरु भएको छैन ।

संखुवासभाको भोटखोला गाउँपालिकाको च्याम्ताङबाट घोङघोप्पासम्मको १४ किलोमिटर सडकको चट्टानी भागको ट्र्याक खोल्ने जिम्मा २०७६ भदौमा बसेको मन्त्री परिषद बैठकले नेपाली सेनाले जिम्मा दियो । त्यसपछि यो खण्डको पुनः सेनाले डिपिआर गरेपनि निर्माणको काम भने सुरु गरेको छैन ।

संखुवासभाको किमाथांका-खाँदबारी हुँदै मोरङको विराटनगरसम्म पुग्ने तीन सय ९० किलोमिटरमध्ये सेनाले जिम्मा लिएको चट्टानी खण्डको १४ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ ।

ट्र्याक खोल्ने काम रोकिएपनि उत्तर दक्षिण कोशी सडक योजनाले खाँदबारीबाट च्याम्ताङसम्म सडक चौडा, टेवा पर्खाल र कल्भर्ट निर्माणलाई भने तीव्रता दिइरहेको छ ।

खाँदबारीबाट किमाथांकासम्म एक सय ६२ किलोमिटरमध्ये च्याम्ताङसम्म एक सय ३४ किलोमिटर कच्चीसडक निर्माण भइसकेको छ ।

त्यस्तै, किमाथांकाबाट घोङघोप्पासम्म १४ किलोमिटर सडकको ट्रयाक पनि तयार भइसकेको छ । किमाथांकाबाट तीन सय मिटर दूरीमा रहेको तिव्वतको चागाबजारसम्म भने चीन सरकारले सडकको ट्र्याक खोलेर ग्राभेलसमेत गरिसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.