विराटनगरमा बोइलर कुखुराको मासुको मूल्य हप्तामै सय रूपैयाँले बढ्यो

मोरङ- केही महिनाअघिको जाडोका कारण कुखुरा मरेपछि बजारमा कुखुराको अभाव भएको छ । कुखुरा अभाव भएका कारण मोरङका अधिकांश फ्रेस हाउसहरु बन्द हुन थालेका छन् ।

कुखुराको अभावमा कुखुराको मासुको मुल्य विगत एक सातामा ३ सय ५० रुपैया प्रतिकिलोबाट बढेर ४ सय ५० रुपैयासम्म पुगेकेा छ । चिसोका कारण अधिकांश कुखुरापालक कृषकहरुको ५० प्रतिशत कुखुरा मरेकाले कुखुरा अभाव भएको कुखुराका डिलरहरुले बताएका छन् ।

चिसोले कुखुरा मरेपछि धेरैजसो कुखुरापालक कृषकहरुले कुखुरा पाल्ने आँट नै गर्न सकेका छैनन् । एकातिर कृषकहरु हतोत्साहित भएको र अर्कोतिर हृयाचरीवालाहरुले कुखुराको चल्लाको मुल्य ५० रुपैयाबाट बढाएर एक सय रुपैया सम्म पारेपछि कुखुरा पालन उद्योग संकटमा परेको कुखुराका डिलर केशव दाहालले बताउनु भयो ।

कुखुरा अभाव भएपछि ह्याचरीवालाहरुले आफूखुशी चल्लाको मुल्य बढाएको दाहालले बताउनु भयो । ह्याचरीवालाहरुले चल्लाको मुल्य अनावश्यक रुपमा बढाएपछि कुखुराका डिलरहरुले सम्बन्धित निकायलाई अनुगमन र निरीक्षणका लागि आग्रह गरेका छन् ।

विराटनगरमा दैनिक करिब साढे ५ हजार किलो कुखुरा विक्री हुने गर्दछ । विराटनगरमा करिब एक सय वटा फ्रेस हाउस रहेका छन् । कुखुराको अभावमा ३५ दिन नपुगेका स-साना कुखुराहरु समेत विक्रीका लागि ल्याउनु परेको फ्रेस हाउस संचालकहरुले बताएका छन् । नेपालमा कुखुराको मुल्यवृद्धि भएपछि भारतिय कुखुरा चोरी आयात हुने सम्भावना पनि बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.