बाराको निजगढस्थित रोहित वर्कशपमा विष्फोट, १ जनाको मृत्यु, ५ जना घाइते

बारा- बाराको निजगढ नगरपालिका ७ सहिद चोकमा रहेको रोहित वर्कशपमा ग्यास वेल्डिङ गर्ने क्रममा बम जस्तो देखिने बस्तु पड्किदा एकको मृत्यु हुनुका साथै ५ घाइते भएका छन । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

विस्फोटबाट वर्कसपका संचालक निजगढ नगरपालिका-९ का रेशम मगरको मृत्यु भएको हो ।

मगरले संचालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेको अबस्थामा कवाड पसलबाट काटेर तामा निकाल्न बर्कशपमा ल्याएको र काट्ने क्रममा अचानक बिस्फोट हुँदा उनको मृत्यु भएको हो ।

गम्भीर घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन । निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सुर्य बहादुर थापाको अवस्था सामान्य रहेको छ ।

घाइते सबैको निजगढ नगरपालिका-९ स्थित निजगढ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिरगन्ज रिफर गरिएको छ । एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

बम जस्तो बिष्फोटक पदार्थ ल्याउने कवाडी सञ्चालक दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कवाडमा काम गर्ने भारत निवासी राज जैसवाल र उनकी श्रीमति शुशिलादेवी जैशवाललाई घटनास्थलबाट भारत भाग्नेक्रममा ३५ किलोमिटर पर कलैयाबाट प्रहरीले पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताउनु भएको छ ।

काफ्लेका अनुसार विस्फोट भएको बस्तु हेर्दा बम जस्तै देखिएको र त्यो कहाँबाट आयो र कसरी विस्फोट भयो यसको अनुसन्धान भइरहेको छ ।

अनुसन्धानमा घटनास्थलको निरिक्षणमा आएका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नेपालमा नपाइने र शक्तिशाली बम जस्तो देखिने बस्तुको बारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

अनुसन्धानमा खटेका एक सुरक्षाकर्मीका अनुसार उक्त बस्तु प्रोजेक्टाइल ईन्टेरियर भएको आशंका गरिएको छ । सो बिस्फोटन भएको बस्तुमा इन्डियन फिल्ड गन- १०५ एच ई प्रोजेक्टाईल रहेको बताइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.