राजनितिक र आर्थिक संकट समाधानका लागी संविधानमा पुनरावलोकन हुनुपर्छः त्रिपाठी
पश्चिम नवलपरासी- जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष हृदयस त्रिपाठीले संविधानमा पुनरावलोकन नगरी मुलुकको राजनैतिक तथा आर्थिक संकट समाधान नहुने बताउनुभएको छ ।
आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सो पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले मुलकमा आर्थिक संकट बढ्दै गएको, राजनैतिक दल प्रति बितृष्णा बढेको बेला शिर्ष तिन दल एक हुनुको विकल्प नभएको बताउनुभयो ।
‘संविधानका केहि विषय शंसोधन हुनु जरुरी छ, अहिले कुनै गठबन्धन फेरबदल वा सरकारको नेतृत्व परिर्वतनले यो समस्या समाधान हुन सक्दैन्, काग्रेस, माओवादी र एमाले एक ठाँउमा उभिनुपर्छ, त्रिपाठीले भन्नुभयो । ’
त्रिपाठीले अहिले शिर्ष तिन दलका नेताहरु सहितको अनौपचारिक कार्यदल बनाएर संकट समाधानका उपायका विषयमा छलफल भईरहेको पनि जानकारी दिनभयो । त्यसमा आफुले पनि सहजिकरण गरिरहेको त्रिपाठीको भनाई छ ।
आधारभुत संरचनालाई असर नपर्ने गरी संघिय लोकतान्त्रीक गणतन्त्रलाई थप सुदृढ बनाउन संविधानमा संसोधन गर्नुपर्ने विषयहरु, निर्वाचन प्रणाली परिमार्जन, विभिन्न आयोगहरुको प्रभावकारीता बढाउन गर्नुपर्ने सुधारका विषयमा कार्यदलले शिर्ष नेतालाई सुझाव दिने त्रिपाठीले बताउनुभयो ।
त्रिपाठीले जनता प्रगतिशिल पार्टी र तमलोपा बिच सहकार्य गर्ने गरी पाँच बुँदे सहमति भएको जानकारी दिनुभयो । दुबै पार्टीले नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, तराई–मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेद अन्त्य गर्न, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनीकरण तथा कार्यान्वयन गराउने विषयमा सहकार्य गर्ने सहमति गरेको जानकारी दिनुभयो ।
साथै उहाँले दल संग पनि कार्यगत सहकार्यका लागी आह्वान गरेको र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका अन्य दलसंग पनि छलफल भईरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्