दलहरुको दौडधुप: मन्त्रीमण्डल पुनर्गठन कि गठबन्धन परिवर्तनको कसरत ?

काठमाडौँ – कोशीमा राष्ट्रिय सभा निर्वाचनको परिणामाबाट सुरु भएको सत्ता गठबन्धन भित्रको खटपटलाई लिएर यतिवेला सत्ता गठबन्धन कै निरन्तरतालाई लिएर विभिन्न अडकलबाजीहरु भइरहेका छन ।

पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु बीच प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको राजनीतिक भेटवार्ता र संवादले त्यसलाई अझ तरङ्गित बनाउँदै लगेको छ ।

विहानदेखि सुरु भएको सत्ता पक्ष र प्रतिपक्षी नेताहरुसँग प्रधानमन्त्रीको भेटवघाटले साँझसम्म निरन्तरता पाइरहेका छन् । दिनभर प्रमुख दलका नेताहरुबीच आन्तरीक छलफल,भेटघाट र दौडधूप बाक्लियो ।

गठबन्धन भित्रको खटपट भन्ने समाचारका बीच प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका दलहरुले सदनमा मन्त्रीको राजीनामा मागेर सदन अवरुद्धको चेतावनी दिइरहेका वेला सत्ता साझेदारदलहरु विपक्षीको माग समेत संवोधन हुने गरी मन्त्रीमण्डल पुनर्गठनमा जुटेको खवर पनि सत्यको नजिक छन् ।

गठबन्धन भित्रको वर्तमान अवस्था र मन्त्रीमण्डल पुनर्गठनका विषयमा कुरा गर्न प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आफ्नो दलको तर्फबाट बनेका मन्त्रीहरुलाई निवास बुडानिलकण्ठमा बोलाएर छलफल गर्नु भएको छ ।

छलफलमा दलका मन्त्रीहरुका साथै केही पदाधिकारीहो समेत सहभागिता रहेको छ । ”मन्त्रीमण्डल पुनर्गठनको विषयमा नै उहाँले छलफल गर्नु भएको हो । यस विषयमा थप छलफल र निर्णयमा लागि भोलि संसदीय दलको बैठक समेत बोलाइएको  छ ”- सभापति देउवा निकट स्रोतले भन्यो।

यसैबीच मन्त्रीमण्डल पुनर्गठनको प्रयास भइरहँदा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण पनि एकाएक रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जानकारी दिएको छ ।

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित  कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले सूचनामा भनेको छ ।

यस्तै यता नेकपा माओवादी केन्द्रका नेताहरु पनि मन्त्रीमण्डल हेरफेरको सम्बन्धमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले साँझ पार्टीका तर्फबाट बनेका मन्त्रीका साथै पार्टी पदाधिकारीहरुलाई बैठकमा बोलाएर मन्त्रीमण्डल पुनर्गठन र टिआरसी विधेयकका सम्बन्धमा प्रतिपक्षीदल र सत्तापक्षका नेताहरुसँग भएको छलफलको बारेमा जानकारी गराउनु छ । नेताहरुले प्रधानमन्त्रीले भोलि विहान गठबन्धनको बैठक बस्ने जानकारी समेत गराएको नेताहरुले बताउनु भयो ।

 एउटा मात्र विषयमा छैन दलहरुको दौडधूप  

यतिवेला नेताहरुको भेटघाटका मुल उदेश्य के हो भन्ने एकिन गर्न जो कसैलाई पनि सहज भने छैन। किनकि एउटा मात्र विषय दलहरुको छलफलको विषय नभएर धेरै विषय यतिखेर सँगै उठेका छन ।

पहिलो त, सत्तारुढ दलहरुबीच राष्ट्रिय सभाको अध्यक्षको लागि भएको दावी नेताहरुको व्यस्तता वढाउने मूल कारण हो भन्न सहजै सकिन्छ । नेपाली काँग्रेस सहमति मै राष्ट्रिय सभाको अध्यक्ष चयन हुने कुरामा विश्वस्त छ भने माओवादी केन्द्रमा राष्ट्रिय सभाको अध्यक्ष लिनुपर्ने दवाव केन्द्रीय नेतृत्वलाई परिरहेकै छ । कोशीमा राष्ट्रिय सभाको निर्वाचन हुँदा माओवादी केन्द्रका उमेद्वारको पराजय नै काँग्रेस र माओवादी वीचमा दरार ल्याउने मुख्य कारण भएको दुबै दलका नेताहरु स्वीकार्छन ।

दौडधूपको दोश्रो कारण हो- सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधयेक, जुन संसदीय समितिबाट सरकारले नै फर्काएको छ। यसमा प्रतिपक्षी दल एमाले पनि चलाखीपूर्ण रुपमा सत्तारुढ दलहरुबीचमा फाटो ल्याउन सकिन्छ कि भनेर लागेको राजनीतिका जानकारहरु बताउँछन ।

प्रधानमन्त्री प्रचण्डलाई आफ्नो यो कार्यकालको सबैभन्दा पेचिलो विषय नै टिआरसी विधयेक हो जसलाई टुंग्याउन प्रधानमन्त्रीको कसरत निकै बढी देखिन्छ । त्यसैले गठबन्धन भित्र र बाहिर समानन्तर सम्वादमा हुनुहुन्छ प्रधानमन्त्री प्रचण्ड ।

तेश्रो कारण हो- अहिले सुशासन कायम गराउन सरकारले चालेका पहल कदमी र सरकारमै रहेका मन्त्रीहरुको कतिपय विषयमा संलग्नता भएको भन्ने चर्चा । टेरामक्स खरिद प्रकृयामा पूर्व तथा बर्तमान मन्त्री र मुख्य सचिव बैकुण्ठ अर्यालको संलग्नताको विषयले पनि सिंगो राजनीति र प्रशासनिक संयन्त्रमा खैलाबैला पारेको छ। यसलाई पनि दलहरु कसरी अघि बढाउने भन्ने आन्तरिक र अन्तरदलीय संवादमा छन ।

चौंथो विषय तर अत्यन्त महत्वपूर्ण विषय हो नेपाली काँग्रेसको महासमितिले पारित गरेका प्रतिवेदनहरु, जसले वर्तमान गठबन्धनमा तरंग ल्याएको छ। यसले काँग्रेसको आन्तरिक जीवनमा कति फरक पार्ला भन्ने त छँदैछ त्यो भन्दा बढी वर्तमान गठबन्धन र भावी चुनावी तालमेलको विषय पनि पेचिलो बनेको देखिन्छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.