इलाम र बझाङमा हुने उपनिर्वाचनमा जनमतले उम्मेदवारी दिने,सरकारमा सहभागी नहुने

काठमाडौँ- जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले केन्द्रीय सचिवालय बैठकका निर्णयहरु सार्वजनिक गर्दै जानकारी दिनुभएको हो ।

बैठकले इलाम र बझाङमा हुन लागेको उप-निर्वाचनमा पार्टीले उम्मेदवारी दिनुका साथै नयाँ बनेको सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने निर्णय गरेकाे हाे ।

यस्तै सप्तरीमा गत माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी पनि यादवले दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.