सरकारको आलोचना नगर्न सांसदहरुलाई ओलीको निर्देशन
डोरीलाई सर्प जस्तो ठानेर झस्किनु ठिकै हो तर फ्याट्ट-फ्याट्ट बोल्दा नराम्रो हुन्छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले पार्टीका सरकारको आलोचना नगर्न सांसदहरुलाई निर्देशन दिनु भएको छ ।
संसदीय दलको आज बसेको बैठकमा एमाले संसदीय दलका नेता ओलीले बर्तमान सरकारको आलोचना नगर्न आग्रह गर्दै कामकारवाही सन्तोषजनक नभएमा पार्टीको आन्तरिक छलफलमा ल्याउन सकिने बताउनु भएको छ ।
‘डोरीको त्यान्द्रो देख्दा सर्प जस्तो लागेर झसङ्ग होइन्छ। तर त्यो डोरी हो भन्ने थाहा हुँदा ढुक्क बनिन्छ। डोरी देख्दा पनि झस्किएर सजग त भइयो नि। डोरीलाई सर्प जस्तो ठानेर झस्किनु ठिकै हो तर फ्याट्ट-फ्याट्ट बोल्दा नराम्रो हुन्छ । कुनै पनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गर्न सक्छौ । म साथीहरुलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ’ ओलीले भन्नुभयो ।
अहिले प्रधानमन्त्रीले अनुचित गठबन्धन छाडेर उचित गठबन्धन बनाउन पहल कदमी लिनु भएको भन्दै उहाँले चालेको कदम स्वागत योग्य भएको बताउनु भयो ।
”पहिलेका कुराहरुमा प्रधानमन्त्रीले गल्ति पनि गरेको हुन सक्छ अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नु भएको छ । कमसेम एक ढेड बर्ष उहाँको पद खतरामा थिएन । चलेकै थियो । पदमा बसिरहनु र चल्नु मात्र ठुलो कुरा होइन । देश अप्ठ्यारोमा पर्यो भन्ने अनुभुति गरेरै उहाँले फरक कदम चाल्नु भएको छ । यसलाई इतिहास तिर हेरेर हुँदैन । अहिलेको कदम सकारात्मक छु” ओलीले भन्नुभयो ।
ओलीले भोलि प्रधानमन्त्रीलाई ढुक्क भएर सदनमा विश्वासको मत दिन समेत सांसदहरुलाई आग्रह गर्नुभयो ।
प्रचण्ड नेतृत्वको यो सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६ (२) को बाटो बन्द हुने बताउँदै उहाँले प्रमुख पार्टीको हैसियतले देशमा असक्षम, अयोग्य, दृष्टिकोणविहीन र सङ्कल्पबिनाको सरकार बन्ने भन्दै त्यस तर्फ सांसदहरूलाई सजग गराउनुभयो।






प्रतिक्रिया राख्नुहोस्