युएनको मानवअधिकार र आर्थिक परिषद् सदस्यमा नेपालले उम्मेदवारी दिने
काठमाडौँ – सरकारले संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्को सन् २०२७ -२०२९ र सामाजिक तथा आर्थिक परिषद् २०२९- २०३१ अबधिको लागि सदस्य पदमा नेपालले उम्मेदवारी पेस गर्न परराष्ट्र मन्त्रालयलाई स्विकृति प्रदान गरेको छ ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले २०८१ बैशाख २० देखी २३ सम्म जर्जियाको तिबिलिसीमा हुने एसियाली विकास बैकको ५७ औ सम्मेलनमा सहभागि हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्विकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कालिगण्डकी रिडी १३२ केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय बैठकले गरेको जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने विधेयक तर्जुमा गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव एकनारायण अर्याललाई गृह मन्त्रालय र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै गणतन्त्र कोरीयामा २०८० चैत्र २८ गते हुने २२ औ राष्ट्रिय सभा निर्वाचनको पर्यवेक्षणमा निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जवरालाई सहभागि हुन स्विकृति प्रदान गरेको छ।
मन्त्रिपरिषद् बैठका निर्णय






प्रतिक्रिया राख्नुहोस्