कवितामार्फत दु:ख पोखे ललितपुरका महिलाहरुले

काठमाडौँ-  ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको १३ वडाका महिला समूहले दौड तथा कविता बाचन प्रतियोगिताको आयोजना गर्‍यो ।

‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराकासाथ आयोजना गरिएको प्रतियोगितामा दौडतर्फ ४५ जना र कविता बाचनतर्फ १९ जना स्थानीय महिलाहरुले भाग लिएका थिए ।

कविता बाचन प्रतियोगितामा सहभागीहरुले महिलाहरुले भोग्दै आएका दु:ख कष्ट र अधिकारका साथै समाजमा महिलाको भूमिका समेटिएका कविता बाचन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै नायिका पुजा शर्माले महिला सशक्तिकरण हुनु भनेको समाजको बिकास हुनु हो भन्दै महिलाहरुले चुलोचौकामा मात्र सिमित नरही आफु भित्र रहेको प्रतिभालाई खुलेर समाजमा देखाउन सकेमात्रै समाजको उत्थान हुने बताउनुभयो ।

कार्यक्रममा बिजयी प्रतियोगीहरुलाई सम्मानसमेत गरिएको  थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.