गृहमन्त्री लामिछानेवारे प्रधानमन्त्री दाहालले दिनुभएको जवाफ चित्तबुझ्दो छैन : नेपाली कांग्रेस
संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडाै- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेवारे चित्त बुझ्दो जवाफ नभएको बताएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेबारे जवाफ दिनुभएकोमा पर्याप्त प्रमाण हुदाँहदै पनि प्रधानमन्त्रीलाई नै गलत सूचना दिइएकोले लामिछानेमाथि सहकारी ठगीसम्बन्धी लागेको आरोपको निष्पक्ष छानबिनका लागि संसदभित्रै छानबिन समिति गठन गर्नुपर्ने माग गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।
प्रधानमन्त्रीको जवाफपछि नेपाली कांग्रेसले उठेर पुनः संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले लेखकलाई बोल्नकालागि समय उपलब्ध गराउनुभएको थियो । कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ ।
पोखराको सुर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीको अनुसन्धान सकिसकेको अवस्थामा लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नहुने पनि उहाँको भनाइ थियो । गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन पर्याप्त प्रमाण र आधार नरहेको प्रधानमन्त्री दाहालको भनाइमा कांग्रेसले विमति जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्