काँग्रेस सांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सिआइबीले सभामुखलाई दियो जानकारी

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रतिनिधसभा सदस्य तथा कांग्रेस नेता विनोद चौधरीमाथि छानबिन भइरहेको विषयमा सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

अनुसन्धान अधिकृत एवम प्रहरी उपरिक्षक होविन्द्र बोगटीले  सभामुख घिमिरेलाई आज एक पत्र मार्फत काँग्रेस सांसद चौधरीमाथि सिआइबीले अनुसन्धान गरिरहेको जानकारी गराउनु भएको हो ।

पत्रमा काठमाडौं महानगरपालिका ३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीले ‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा सांसद चौधरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढेको उल्लेख छ ।

”वादी नेपाल सरकार प्रतिवादी अजित नारायण सिंह समेत भएको बासबारी छालाजुता कारखानको नाममा  दर्ता कायम रहेको दस रोपनी जग्गा गैर कानुनी तवरबाट च्यामिप्यन फुटवेर लिमिटेडको को नाममा स्वामित्व हस्तान्तरण गरी सरकारी जग्गा किर्ते र ठगी गरेको मुद्दामा संस्थापन शेयर धनी  संघीय संसदका माननीय सदस्य विनोद चौधरीको सम्बन्धमा अनुसन्धान भइरहेको ब्यहोरा  सभामुखलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.