गुल्मीमा प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना

गुल्मी – गुल्मीकाे सदरमुकाम तम्घासमा खेलकुदमा प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जिल्लामा पहिलो पटक खेलाकुदमा प्रतिबन्धित औषधि सेवन (एन्टी डोपिङ इन स्र्पोट) विरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विभिन खेल क्षेत्रका खेलाडी र विद्यालयका खेल शिक्षकहरुलाई सचेत गराइएकाे थियाे । युवा तथा खेलकुद मन्त्रालयका सचिव रबिलाल पन्थले खेल क्षेत्रको विकासमा भौतिक विकासले मात्रै खेल क्षेत्र अगाडी नबढने भएकाले प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
प्रतिबन्धित औषधि सेवन भएको फेला परेमा खेलाडीको प्रतिष्ठा सदाका लागि गुम्ने जोखिम हुने भएकाले मन्त्रालयले खेलाडीहरुलाई सचेतना जगाउने उदेश्यले जिल्ला जिल्लामा सचेतना कार्यक्रम अगाडी सारिएको बताउनुभयो ।
प्रतिबन्धित औषधि सेवन प्रयोग गरेको पुष्टी भएमा जुनसुकै खेलकुद प्रतियोगिताको प्राप्त पदक गुम्ने र प्रतिष्ठामै आँच आउने भएकाले खेलाडी र प्रशिक्षकले औषधि खरिद र प्रयोगमा निकै सचेत रहनुपर्ने पन्थको भनाइ छ । कार्यक्रममा डाक्टर अशिम भण्डारीले कुन कुन औषधिहरु प्रतिबन्धित छन्, झुक्किएर वा थाहा नपाएर कस्ता औषधि सेवन गर्दा खेलाडी डोपिङमा पर्ने गर्दछन्  र प्रतिबन्धित विभिन्न औषधिहरुको बारेमा समेत जानकारी गराउनुभएको थियो ।
नेपालका केही खेलाडीहरु विगतमा प्रतिबन्धित औषधि सेवनका कारण प्राप्त गरेको पदक खोसिएको थियो भने खेलाडी केही समय निलम्बनमा परेको पाइएको थियो ।
कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रतिबन्धित औषधि सेवन स्वास्थ्यमा असर पर्नुका साथै राष्ट्रलाई समेत असर पर्ने बताउनुभयो । कानुनद्धारा प्रतिबन्धित औषधि प्रयोग नगर्न खेलाडीलाई आग्रह गर्नुभयाे ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सबैले खेल क्षेत्रमा प्रतिवन्धित औषधिको प्रयोगले खेलाडीको खेलसँगै व्यक्तिगत र सामाजिक जीवनमा पनि नकरात्मक असर पर्ने भएकाले त्यस्ता कार्यबाट सचेत रहन आग्रह गर्नुभयो ।
सचेतना कार्यक्रममा सहभागि खेलाडी गोबिन्द हिताङ किकेट प्रतिबन्धित औषधि सेवन स्वास्थ्यमा असर पर्ने बारेमा पहिलो पटक जानकारी लिएको बताउनुभयो ।
जिल्लाका खेलाडीलाई प्रतिबन्धित औषधि सेवन विरुद्धको सचेतना कार्यक्रमले महत्त्वपूर्ण जानकारी गराएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष गिरिप्रसाद महाकिमले बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्रालयले देशभर सचेतना कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिएकाे छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.