बागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति

हेटौँडा- बागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ ।

नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच प्रदेश सभाको बाँकी समय सहकार्य गर्ने लगायत ५ बुँदे सहमति भएको हो ।

सहमति अनुसार बाँकी कार्यकाल दलहरुबीच आलोपालो गरी प्रदेशको नेतृत्व लिने जनाइएको छ ।

बिहीबार साँझ बसेको बैठकले राजनीतिक स्थायित्व, विकास र सबृद्धि, नागरिकको चाहनालाई आत्मसाथ गर्दै ४ दल मिलेर प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने निर्णय गरिएको छ ।

केन्द्रमा बनेको सत्ता समिकरणको निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागि दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने चार दलले निर्णय गरेका छन् ।

सरकार सञ्चालनका लागि समिकरणमा आबद्ध दलहरुको प्रतिनिधित्व रहने गरी प्रदेशस्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति तथा कार्यक्रम बनाउने दलहरुबीच सहमति छ ।

त्यस्तै दलहरुको सहमतिका आधारमा मात्र मन्त्रिपरिषदको संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय पनि गरेका छन ।

सहमति पत्रमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दललाई पनि समिकरणमा सहभागि हुन अनुरोध गर्ने निर्णय भएको छ ।

सहमति पत्रमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.