शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि संसदीय कूटनीतिलाई प्रभावकारीरुपमा अघि बढाइने बताउनुभएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को एक सय ४८औँ महासभामा सहभागी भई आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले नेपालले भौगोलिक र क्षेत्रीय चुनौतीको सामना गरी जलवायु परिवर्तनको असरबाट जोगिन भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको बताउनुभयो । नेपालले असंलग्न अभियानमा संलग्न भई आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विषयमा महासभामा साइडलाइन वार्ता भएको उहाँले जानकारी दिनुभयो ।

यही चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति ः शान्ति र समझदारीका लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्कातर्फबाट सम्बोधन गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.