नगर प्रमुखद्वारा एसईई परीक्षा केन्द्रको अनुगमन

सिरहा- सिरहाको मिर्चैया नगरपालिका प्रमुख शर्वन यादव आज विभिन्न विद्यालयमा पुगेर एसईई परीक्षाको अनुगमन गर्नुभएको छ । प्रमुख यादवले मिर्चैया ना.पा. ३ वटा परीक्षा केन्द्रमा पुगेर परीक्षाको अनुगमन गर्नुभएको हो ।

उहाँले शार्दा मावि परीक्षा केन्द्र, मोहन मावि मिर्चैया-५ र बाजु मावि फुलबरिया परीक्षा केन्द्रमा पुगेर अनुगमन गर्नुभएको थियो । उहाँसँगै सञ्चारकर्मी लगायतको टोलीले परीक्षाको अनुगमन गरेको थियो ।

अनुगमनपछि नगर प्रमुख यादवले एसईई परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुगमनमा त्यस्तो कुनै अमर्यादित गतिविधि देखिएन, विद्यार्थीहरुले पनि ढुक्कसँग परीक्षा दिइरहेका पाइयो ।’

उहाँले अब हुने एसईईको बाँकी परीक्षाहरुलाई पनि व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष तथा शिक्षक कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । प्रमुख यादवले विद्यार्थीहरुलाई पनि ढुक्कसँग परीक्षा दिन आग्रह गर्नुभएको थियो ।

आज विद्यार्थीहरुले अनिवार्य गणितको परीक्षा दिएका थिए । शार्दा मावि परीक्षा केन्द्र, मोहन मावि मिर्चैया-५ र बाजु मावि फुलबरिया परीक्षा विद्यार्थीहरुले परीक्षा दिएका छन्, जहाँ छात्रा ५१८ र छात्र ५११ गरी जम्मा १०३२ विद्यार्थीहरु छन् ।

सिरहा यस वर्षको एसईईमा १० हजार ९२३ विद्यार्थी सहभागी सिरहा जिल्ला शिक्षा समन्वय समितिले जनाएको छ । गत वर्ष १० हजार १५० विद्यार्थी सहभागी भएका थिए । परीक्षा सञ्चालनको लागि सिरहामा ४३ वटा केन्द्र तोकिएको छ । गत वर्ष पनि ४० वटा केन्द्र नै थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.