आज साउने सोमबार

पशुपतिको मन्दिर भने खुलेन

काठमाडौं, श्रावण ०५:आज यस वर्ष पहिलो साउने सोमबार । आज काठमाण्डौको पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा दर्नार्थिको बाक्लो उपस्थिति छ । तर कोरोना भाइरसको महामारीले यस वर्ष साउने सोमबारमा पनि पशुपतिनाथ मन्दिर खुला गरिएको छैन । दर्शनार्थीहरुलाइ बाहिरबाटै द्शनको व्यवस्था मिलाक्षएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ । हिन्दुधर्मालम्बीहरूले साउन माहिनालाई विशेष महिनाको रूपमा लिदै साउनको सोमबार भगवान शिवको पुजा आराधना गर्दछन्  । साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । यस दिन नदी तथा तलाउमा स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.