‘संविधानभन्दा माथि कोही छैन, प्रजातन्त्रभन्दा ठूलो केही छैन’ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठूलो कोही नरहेको बताउनुभएको छ ।

सचिवालय बैठकपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधानको मर्मविपरीत काम गर्ने जोकोहीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

“संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठूलो केही छैन, कोही छैन,” उहाँले भन्नुभयो, “ रास्वपा यसमा स्पष्ट छ,  रवि लामिछाने पनि स्पष्ट छ । आँच आउने क्रियाकलाप जसले गरेको छ, त्यो सजायको भागिदार हुनुपर्ने छ त्यसले जिम्मेवार लिनुपर्ने छ ।

यसैबीच, सचिवालय बैठकपछि पार्टी प्रवक्ता जगदिश खरेलले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको पक्राउका घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो ।

उहाँले घटनाको कारण, पक्राउ गर्ने व्यक्ति र त्यसको जिम्मेवारीबारे सत्यतथ्य पत्ता लगाउन तथा दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.