अमेरिकामा कोरोनाबाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित

न्यूयोर्क : अमेरिकामा कोरोना भाइरस बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो । त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ३८ लाख नाघेको छ । यता भारतमा गत २४ घन्टामा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.