वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका

वीरगन्ज– वीरगन्जमा आज बिहान ५ बजेबाट महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन निषेधाज्ञा कर्फ्यु लागु गरिएको छ ।

कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको आशंकामा स्थानीय प्रशासनले अहिले बिहान बाट कर्फ्यु लगाएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिकाको ३२ वटै वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक वाहिर ननिस्कन पर्सा जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.