युरोपमा सङ्क्रमण बढेकोमा डब्लुएचओको चिन्ता

काठमाडौं- युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले चिन्ता व्यक्त गरेको छ ।

डब्लुएचओको युरोप शाखाले सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अबलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ । युरोपमा ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी मृतकको संख्या पनि बढीरहेको छ । अहिले युरोपमा पर्ने किर्गिजस्थान कोरोनाको महामारीबाट अहिले सवैभन्दा बढी ग्रसित छ । त्यसैगरी मोन्टेनेग्रो, लक्जेम्वर्ग, बोस्निया हर्ज गोभिना, सर्बिया, रोमानिया र बुल्गेरिया पनि धेरै प्रभावित छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.