कोरोना भाइरसले काठमाडौं, वीरगन्ज र धरानमा तीन जनाको मृत्यु

काठमाडौं– कोरोना भाइरस (कोभिड १९)का कारण काठमाडौं, वीरगन्ज र धरानमा तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं, वीरगन्ज र धरानमा उपचाररत तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत बाराको फेटा– ३ का ६० वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ ।

यसैगरी वीरगन्ज– १० मा बस्दै आउनुभएका ६५ वर्षीय भारतीय नागरिकको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो । उहाँ मुटु तथा मधुमेहसम्बन्धी रोगतबाट पीडित हुनुहुन्थ्यो ।

यसैगरी धनुषा सहीदनगर– ८ निवासी ३६ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा मृत्यु भएको छ । ज्वरो, खोकी र स्वासप्रस्वास समस्या भएपछि साउन १० गते गते जनकपुर अस्पताल भर्ना हुनुभएका उहाँलाई थप समस्या भएपछि धरान लगिएको थियो ।

तीन जना थपिएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.