दाङमा पहिरोमा परी २ जनाको मृत्यु

लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा

काठमाडौं- दाङमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । गएराति देखिको  अविरल वर्षा पछि आएको पहिरोले घर पुरिँदा बंगलाचुली गाउँपालिका – ५ साकिने निवासी २४ बर्षिय बाटुली नेपाली र उनकी २  बर्षिय छोरी आयुस्मा नेपालीको मृत्यु भएको हो । आज बिहान ३ वजे तिर गएको पहिरोले फुसको घर पुरिदा  उनीहरुको मृत्यु भएको हो । मृतक दुवैको शव घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

यसैगरी गएरातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएको हो ।

नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन् । जानकी गाउँपालिकाको वडा नं ३, ७, ८ र ९ का सयौँ घर डुबानमा परेको स्थानीयवासी शुभम चौधरीले जानकारी दिनुभयो । चौधरी बताउनुहुन्छ । त्यसैगरी टीकापुर नगरपालिकाको शाहीपुर, सिम्रेनी र बेलुवा बस्ती पनि डुबानमा परेको छ । निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ । लगातारको वर्षाका कारण टीकापुरको जमरा नदीमा पानीको बहाव पनि बढेको छ ।

टीकापुरमा रहेका सिँचाइ कुला भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् । टीकापुरमा सयौँ घरमा पानी पसेको स्थानीय दुर्गा बुढामगरले बताउनुभयो । कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको छ । यसैगरी जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कैलालीका कर्णाली, मोहना, काडा, कान्द्रा, खुटियालगायतका नदीमा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । रातभरिको वर्षापछि कैलालीमा बिहानैबाट प्रहरी उद्धारमा खटिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.