राष्ट्रिय वाणिज्य बैंक अहिलेसम्मकै सस्तो ब्याजदर घोषणा गर्दै

काठमाडौं– कोरोनाको महामारीका कारण निम्तिएको आर्थिक संकटलाई मध्यनजर गर्दै राष्ट्रिय वाणिज्य बैंकले आगfमी हप्ताबाटै हालसम्मकै सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । २६ वटा निजी व्यापारिक बराबर राष्ट्रिय वाणिज्य बैंकले एक्लै सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्मकै सस्तो ब्याजदरमा कर्जाहरु उपलब्ध गराउने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले आगामी हप्ताबाटै बजारमै सबैभन्दा सस्तो ब्याजदरको घर कर्जा योजना लागू गर्न लागेको छ । बैंकले ७ दशमलब २५ प्रतिशत वार्षिक व्याज दरमा घर कर्जा उपलब्ध गराउन लागेको हो । यसै गरी राष्ट्रिय वाणिज्य बैंकले अन्य २६ वटा कमर्सियल बैंक बराबर एक्लै सहुलियत कर्जाको उपलब्ध गराउँदै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले जानकारी दिनुभयो ।

कुल कर्जाको १ प्रतिशत सहुलियत कर्जा दिने पनि वाणिज्य बैंकको योजना छ । कोरोना भाइरसको महामारीका कारण छाएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै बैंकले सबै कर्जाको व्याजदर घटाएको छ । हालको अधिकतम ब्याजदर नै ९ दशमलब ३२ प्रतिशत रहेको छ । यसै गरी बैंकले सार्वजनिक संस्था तथा कर्पोरेट निकायहरुलाई लक्षित गरी ती संस्थासँग समझदारी गरेर कर्मचारीहरुलाई पेसागत कर्जा उपलब्ध गराउन लागेको हो । बिना धितोको पेसागत कर्जाको वार्षिक ब्याजदर ८ दशमलब ०७ प्रतिशत मात्रै रहने जानकारी दिइयो । यसै गरी वाणिज्य बैंकले अवकाश प्राप्त कर्मचारीका लागि पनि सहुलियत दरको कर्जा उपलब्ध गराउने योजना अगाडि बढाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा खुल्ला प्रतिस्पर्धाबाट छानिएर आएका युवा र दक्ष जनशक्ति रहेकाले सरकारी बैंकमा ढिला सुस्ती हुन्छ भन्ने पुरानो मानसितालाई अन्त्य गर्ने मुख्य लक्ष्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.