विराटनगरमा दुई साता लकडाउन

विराटनगर– विराटनगर महानगरपालिका क्षेत्रमा लगातार कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि महानगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले दुई साताका लागि लकडाउन घोषणा गरेको छ ।

शुक्रबार राति १२ बजे देखि लागू हुने लकडाउनमा अत्यावश्यक बाहेकका सबै प्रकारका सेवा बन्द गरिने विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले लकडाउनका बारेमा प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयसँग छलफल गर्नुभएको थियो ।

सामाजिक विकास मन्त्रालयको बैठकले स्थानीय तहलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अधिकार दिएपछि विराटनगर महानगरस्तरीय सिसिएमसीले लकडाउनको निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले लकडाउनलाई कडाईका साथ पालना गराउन स्थानीय प्रशासन र प्रहरीले सक्दो सहयोग गर्ने बताउनुभयो ।

विराटनगरमा शुक्रबार पनि १० जनामा कोरोना पोजेटिभ पाइएको थियो । विराटनगर महानगरपालिका क्षेत्र भित्र अहिले सम्म १ सय ९ जनामा कोरोना पोजेटिभ पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.