विराटनगर किंग्समाथि कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले विराटनगरलाई हराउँदै प्रतियोगितामा दोस्रो जित निकालेको हो ।
यसअघि कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो । विराटनगर भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्न पुगेको छ ।।






प्रतिक्रिया राख्नुहोस्