काठमाडौंमा संक्रमित घटे, देशभरको संख्या भने बढ्यो

वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा ६ हजार ९९३ नमूना परीक्षण गर्दा ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा कूल संक्रमितको संख्या २० हजार नाघेको छ ।

लगातार उपत्यकामा संक्रमित बढ्दै गएकाबेला पछिल्लो २४ घण्टामा भने घटेको छ । काठमाडौंमा ५ र भक्तपुरमा एक जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी कैलालीमा ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज- १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । वीरगन्जमा मात्रै कोरोनाबाट १० जनाको मृत्यु भएको छ भने देशभर कोरोनाले मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.