नेपाल–चीन सम्बन्ध पारस्परिक विश्वासमा टिकेको छः परराष्ट्रमन्त्री (भिडियोसहित)

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल चीन सम्बन्ध पारस्परिक विश्वासमा टिकेको बताउनुभएको छ ।

नेपाल–चीन सम्बन्ध स्थापनाको ६५ वर्ष पुगेको अवसरमा शनिबार नेपाल टेलिभिजनलाई विशेष अन्तर्वार्ता दिँदै मन्त्री ज्ञवालीले सदियौंदेखि दुई देशबीचको सम्बन्ध समस्यारहीत र सदाबहार विश्वासमा टिकेको बताउनुभएको हो । ‘भौगोलिक आकारले सम्बन्धमा कुनै फरकपन ल्याएको छैन,’ उहाँले भन्नुभएको छ, ‘छिमेकी सम्बन्धका लागि नेपाल चीन उदाहरण रहेका छन् ।’

६५ वर्षमा नेपाल र चीनबीच नागरिक–नागरिक तहसम्म सम्बन्ध रहेको बताउँदै मन्त्री ज्ञवालीले नेपालको सार्वभौमसत्ता, राजनीतिक स्थायित्व र नेपाली जनताको छनोटलाई चीनले सम्मान गरेको उल्लेख गर्नुभएको छ । उहाँले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याउनुभएको छ । ‘नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन दिएका छैनौं, दिँदैनौं पनि,’ उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनफिङको ऐतिहासिक नेपाल भ्रमणले नेपालको आर्थिक विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.