धादिङमा नदीजन्य पदार्थ उत्खनन् गर्न रोक

मेशिनले मात्र होइन मानिसले पनि उत्खनन् गर्न नपाउने

धादिङ – जिल्ला प्रशासन कार्यालय धादिङले यस वर्षबाट त्रिशुली नदी लगायत सबै खोलाहरुबाट नदी र खोला जन्य बस्तुहरुको उत्खनन् मा रोक लगाएको छ ।

आजदेखि र्को निर्णय नभएसम्म त्रिशुली नदी र आसपासका खोलाहरुबाट बालुवा लगाएत कुनैपनि प्रकारका नदी र खोला जन्य बस्तु उत्खनन् गर्न नपाइने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले गरेको सर्वपक्षीय भेलाले यो निर्णय गरेको हो ।
पहिले त्रिशुली नदी मेशिनको प्रयोग गरी नदी जन्य उत्खनन् गर्न नपाईने भएकोमा यस वर्षबाट भने मानिसहरुको समेत प्रयोग गरेर नदी र खोला जन्य बस्तु निकाल्न नपाईने निर्णय भएको छ ।

बर्षातको समयमा त्रिशुली नदीमा बाढी आउनासाथ नदी किनारामा बालुवा निकाल्ने मानिसहरुको भिड लाग्ने गर्छ ।
यसो त बाढीका कारण वर्षेनी नदीले बगाएर मजदुरहरुको ज्यान समेत जाने गरेको छ ।

मजदुरहरुको जीउ-धनको सुरक्षाका साथै नदीजन्य बस्तुहरुको अबैध उत्खनन् रोक्नका लागि जिल्ला प्रशासन कार्यालय धादिङले यस्तो निर्णय गरेको धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिनुभएको छ ।

यदि कसैले स्थानीय प्रशासनको आदेश पालन नगरी त्रिशुली नदी र अन्य खोलाहरुबाट नदीजन्य बस्तुहरु निकालेको पाइएमा कडा भन्दा कडा कारवाही गर्ने चेतवानी जिल्ला प्रशासनले दिएको छ ।

यसरी नदी र खोलाबाट बालुवा निकाल्ने मजदुरहरुलाई ठेकेदारहरुले काम लगाउने र नदीले बगाएर ज्यान गएमा क्षतिपूर्ति समेत नपाउने भएपछि उत्पन्न समस्या समाधानका लागि पनि उत्खनन्मा रोक लागएको प्रमुख तामाङ्गको भनाइ छ ।

जिल्लामा त्रिशुली नदी लगाएत अन्य खोलाहरुमा हरेक वर्ष हजारौं मजदुरहरु बालुवा निकाल्ने काममा संलग्न हुने गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.