प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच तीन घण्टा छलफल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार तीन घण्टा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अबरुद्ध स्थायी कमिटी बैठक सहमतिमा बोलाउने विषयमा छलफल भएको छ । बैठकमा दुई अध्यक्षबाहेक वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहनुभएको थियो ।

साउन १३ गते स्थायी कमिटी बैठक स्थगित भएपछि दाहालको अध्यक्षतामा पुनः बैठक बसेको थियो । अर्को स्थायी कमिटीको मिति भने अनिर्णीत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.