कोरोना संक्रमित तीब्र बढेपछि वीरगन्ज पुग्यो स्वास्थ्य सेवा विभागको टोली

कोरोना भइरसको आरडीटी परीक्षण नगर्न सरकारको निर्देशन

काठमाडौं– पछिल्लो समय कोरोना भाइरस सक्रमितहरुको संख्या बढदै गएको पर्साको वीरगन्जमा स्वास्थ्य उपचारमा आवश्यक समन्वय गरी कोरोना नियन्त्रणमा सहयोग पुर्‍याउन सरकारले केन्द्रबाट उच्च स्तरीय टोली पठाएको हो ।

स्वास्थ विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा रहेको टोलीलाई वीरगन्जका अतिरिक्त प्रदेश २ का बारा, धनुषा लगायतका जिल्लामा कोरोनाको उपचार एव व्यवस्थापनको समन्वयको जिम्मा दिइएको छ ।

भारतसँग सीमाना जोडिएको तराईका ती जिल्लामा पछिल्लो दुई हप्तामा मात्र भाइरस सक्रमणका कारण १० जनाको बढीको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा कोभिड- १९ कारण मृत्यु पुष्टि भएकी महिला पनि वीरगन्ज महानगरपालिका निवासी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार बढीमा नमुना परीक्षण गर्दा भाइसको सक्रमण पुष्टि भएका कुल २४६ सक्रमित मध्ये ८१ जना पर्सा र धनुषामा ३५ जना संक्रमित रहेका छन् । यसैगरी काठमाण्डौँ उपत्यकामा कोरोना भाइरसका ३१ जना थपिएका छन् ।

यसै बीच मन्त्रालयले कोरोना भइरसको आरडीटी परीक्षण नगर्न निर्देशन दिएको छ ।आरडीटी परीक्षणका कारण देशका विभिन्न अस्पतालमा आकस्मिक सेवा लगायतका सेवा प्रभावित भएको जानकरी प्राप्त भएको भन्दै परीक्षण नगर्न निर्देशन दिएको हो । जनस्वास्थ्य विज्ञहरुले पीसीआर परीक्षणको दायरा बढाउन र आरडीटी परीक्षण बन्द गर्न सुझाव दिँदै आएका छन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.