कोरोना उपचारमा नेपालमा नौलो प्रयोग– प्लाज्मा थेरापी (भिडियो रिपोर्ट)

काठमाडौं– सुरुको घटना भयो काठमाडौंको टेकू अस्पतालमा जहाँ कोभिड १९ का बिरामी नुवाकोटका २८ वर्षीय युवाले १४ दिन उपचार गराएका थिए । उनी घर फर्किएको अर्को १४ दिन भएको थियो । यसैबीचमा महाराजगन्जको शिक्षण अस्पतालमा अर्को घटना भयो जहाँ ६५ वर्षीय कोभिड बिरामीको उपचार हुँदै थियो । फोक्सोले सास फेर्न मुस्किल भएर प्याक्प्याक भएको अवस्थामा आइसियुमा ती ६५ वर्षे बिरामीको उपचार हुँदै थियो ।

नुवाकोटका तंग्रिइसकेका २८ वर्षीय युवालाई काठमाडौं झिकाइयो । किनभने कोभिड १९ बाट निको भै शरीरमा रोग प्रतिरोधी क्षमता तयार भइसकेको थियो । यस्तो रोग प्रतिरोधी क्षमतालाई एण्टीबडी भनिन्छ ।

शिक्षण अस्पतालमा रहेका कोभिड १९ का बिरामीलाई दिनु पर्ने उनको एण्टीबडी झिक्न धापासीको ग्राण्डी अस्पताल पु¥याइयो । कारण थियो त्यस कामका लागि आवश्यक ट्रान्सफ्जन स्पेशलिष्ट डाक्टर शिक्षण अस्पतालमा नहुनु । ग्राण्डीमा उनको रगत निकालियो र रगतको कोषिका भाग हटाएर पानी भाग छुट्याइयो । त्यही रगतको जलांश नै प्लाज्मा भन्ने गरिएको नेपालका एकमात्र ट्रन्फ्युजन स्पेशलिष्ट डाक्टर बिपीन नेपाल ।

एण्टीबडीबाट प्लाज्मा बनाएर उपचार गराउने अनुसन्धानको नेतृत्व नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरिरहेको छ । प्लाज्मा थेरापीको सफलता दर विदेशमा औसतमा ५४ प्रतिशत रहेको परिषदका परामर्शदाता डा जनक कोइरालाले बताउनुभयो । एण्टीबडी प्रयोग गरी गरिएको पहिलो उपचार नै सफल भएकोले भविष्य उत्साहजनक हुन सक्ने डा कोइरालाको विश्वास छ ।

परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सरकारी र निजी गरी विभिन्न ठाउँका १२ वटा अस्पताललाई एण्टीबडी संकलन गर्ने असपताल ततोकिएको बताउनुभयो । ती अस्पतालामा पुगेर रक्तदान गरी कोभिड १९ को उपचारमा योगदान गर्न डा ज्ञवालीले कोभिड निको भैसेकेका व्यक्तिहरुलाई आह्वान गर्नुभएको छ ।

विभिन्न अस्पताल र प्रयोगशालाहरुको सहकार्यमा प्लाज्मा पदधतिबारे अनुसन्धान जारी रहेको परिषदले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.