अब महाधिवेशनबाटै अन्तरविरोध टुंगो लाग्छः पोखरेल

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिँदै आएको अन्तरविरोध महाधिवेशनबाट टुंगो लगाउनुपर्ने बताउनुभएको छ ।

नेपाल टेलिभिजनसँग सोमबार कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले गत माघमा बसेको केन्द्रीय कमिटीको बैठकले आगामी चैत अन्तिममा महाधिवेशन गर्ने म्यान्डेड दिइसकेकाले अब महाधिवेशनमा जानुको विकल्प नभएको बताउनुभएको हो ।

उपप्रधानमन्त्री पोखरेलले पार्टीभित्रको अन्तरविरोध समाधानका लागि आएका विभिन्न सुझावलाई सकारात्मक रुपमा लिँदै अगाडि बढ्नुपर्ने बताउनुभयो । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गरिरहेको र आवश्यकताअनुसार थप निर्णयहरु गर्दै जानेसमेत जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलसँगको विस्तृत कुराकानी आज राति ९ बजे एनटीभी न्यूजलाइनमा प्रसारण हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.